अचम्म संसार Monday, 22 Jan, 2024
Prestige Media

मह खाने प्रतियोगितामा पहिलो भए जीवनाथ

गण्डकी– सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगर–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेका व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ। २०६० मा तीन÷तीन हजारमा दुुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने तीन सय ५० मौरीका घार पुुगिसकेका छन्।

आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्यान्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुुभव छन्।
अनुुहारभरि मौरीलाई राखेका उनको तस्बिर सन् २०१६ मा राष्ट्रिय समाचार समिति (रासस) मार्फत विभिन्न सञ्चार माध्यममा स्थान पाएको थियो।
आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुन सके सामान्य रोजगारीका लागि विदेशिनुु नपर्ने बताए।
बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहेका लामिछानेले उद्योग स्थापनाको २०औं वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाएका छन्।
प्रतियोगितामा १० जना सहभागी भएकोमा लामिछाने प्रथम भएका हुन्। त्यस्तै द्वितीय पोखरा–३० खुदीका वसन्त पौडेल र तृतीय पोखरा–२७ का विक्रम अधिकारी बने।
पोखरा–३१ की सृजना लामिछानेले महिला प्रतिस्पर्धीका रुपमा पुरस्कृत भइन्।
कुल तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुुट्याइएकामा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुुई मिनेट आठ सेकेन्ड र दुुई मिनेट ११ सेकेन्डमा मह खाएर विजयी भएका थिए।
विजयीलाई महानगर वडा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र मौरीपालक कृषक सूर्यप्रसादले संयुक्त रुपमा मह प्रदान गरी पुरस्कृत गरेका थिए।
प्रथम हुनेलाई एक किलोग्राम महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो ।
नेपालमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेका सन्दर्भमा आफूले गण्डकीमा नै पहिलोपटक यस्तो प्रतियोगिता राखेको जनाउँदै उनले यसलाई भाइबन्धु तथा साथीभाइलाई मह चखाउने अवसरका रुपमा समेत लिएको बताए।
उद्योगमा महको माग अत्यधिक रहेको बताउँदै उहाँले प्रतिकिलोग्राम एक हजार पाँच सयको दरले बिक्री वितरण भइरहेको जानकारी दिए।
वार्षिक करिब एक हजार पाँच सय किलोग्राम मह उद्योगबाट उत्पादन भई बिक्री भइरहेको र अन्य विभिन्न फार्मबाट समेत थप एक हजार पाँच सय किलोग्राम मह खरिद गरी बिक्री गर्ने गरिएको उनको भनाइ छ। महबाटै परिवारको पालनपोषण, पठनपाठनका साथै पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सकेको उनले बताए।–रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

भीर–मह काढेको दृश्य छायांकन गर्न नेसनल जियोग्राफी टोली म्याग्दीमा

जनकपुरमा दिनदहाडै लुटियो ८० लाख

भ्रष्टाचारको सूचकांकः नेपाल १०८औं स्थानमा

प्यान नम्बर लिने करदाता ५९ लाख नाघे

नयाँ बानेश्वरमा भासियो सडक, फस्यो गुडिरहेको बस

भीरकोटको एउटै वडाले बेच्यो ११ करोडको सुन्तला

सरकारले रोयल्टीबापत उठायो सवा ३ अर्ब रुपैयाँ

बिहेको दिन बेहुलीले बच्चा जन्माएपछि…!

महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल !

मानिसबाट कुकुर बन्न १९ लाख खर्च

सिन्धुलीका डोरबहादुर खपाङ्गीले बनाए विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL