अर्थ बाणिज्य / समाज
Friday, 5 Jan, 2024
शुक्रबार सुनचाँदीको मूल्य स्थिर
काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बिहीबारकै कारोबारमा भइरहेको छ।।
बिहीबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोलामा १३ सय रुपैयाँले घटेको थियो।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि बिहीबारकै प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको महासंघले बताएको छ।
शुक्रबार चाँदी पनि बिहीबारकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।







