Breaking News Monday, 23 Nov, 2026
Prestige Media

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। 

भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले बिहान ११ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यसपछि बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ।

वार्तामा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन र भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माणलगायत विषयमा छलफल गर्ने तयारी छ।

द्विपक्षीय वार्तापछि प्रधानमन्त्री बालेन र मोदीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्नेछन्। 

त्यस क्रममा दुवै देशबीच समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्र आदानप्रदान हुनेछ। त्यसपछि संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री मोदीले आजै दिउँसो प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री बालेनले दिउँसो भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 

भेटघाटका कार्यक्रम सकेर प्रधानमन्त्री शाह आजै अपराह्न ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। 

उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह आइतबार भारतको दुई दिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका थिए। 

नयाँदिल्ली पुगेकै दिन उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। 

जयशंकरले होटल ताजमा प्रधानमन्त्री शाहसँग भेट गरेका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL