अर्थ बाणिज्य / समाज
Thursday, 4 Jan, 2024
प्रतितोला १३ सयले घट्यो सुनको मूल्य
काठमाडौं–नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १३ सय र चाँदी ३० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज छापावाल सुनको कारोबार १ लाख १९ हजार ५ सय रुपैयाँमा भइरहेको छ। त्यस्तै, तेजाबी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ।
बुधबार छापावाल सुन १ लाख २० हजार ८ सय र तेजावी सुन १ लाख २० हजार २ सय रुपैयाँ कायम थियो।
सुनको मूल्यसँगै आज चाँदी पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। मूल्य घटेपछि आज चाँदी १४ सय २० रुपैयाँमा किनबेच भइरहेको छ
बुधबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।







