कला / साहित्य
Friday, 24 Mar, 2023
दयाहाङ र मिरूनाको फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक (भिडिओ)
काठमाडौं । अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा दयाहाङ राई र मिरुना मगरबीच माया र उनीहरूको सम्बन्धमा आएको उतारचढावलाई देखाइएको छ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। फिल्म आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ।







