कला / साहित्य
Friday, 27 Jan, 2023
‘छड्के २’को टिजर सार्वजनिक
अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘छड्के २.०’को आधिकारिक टिजर सार्वजनिक भएको छ ।टिजरले रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँको कथा प्रतिनिधित्व गरेको छ ।
रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको चरित्रमा देखिएका छन् । निर्देशक समेत रहेका श्रेष्ठ पनि फिल्मको प्रमुख चरित्रमा देखिएका छन् । निर्वाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म प्रशान्त गिरी र देवकुमार श्रेष्ठले फिल्म निर्माण गरेका हुन् ।
‘छड्के २.०’ आगामी फागुन १९ गते रिलिज हुँदैछ ।







