हरिवंशले दलहरूलाई भने : हामीबाट चुनावमा प्रचार–प्रसारको आश नगर्नू
हरिवंशले मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै आफूहरूबाट चुनावमा प्रचार–प्रसारका लागि आश नगर्न अनुरोध गरेका हुन्।
काठमाडौं– कलाकार हरिवंश आचार्यले राजनीतिक दलहरूलाई चुनावमा प्रचार–प्रसारको आश नगर्न आग्रह गरेका छन् ।उनले मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै आफूहरूबाट चुनावमा प्रचार–प्रसारका लागि आशा नगर्न अनुरोध गरेका हुन् ।
‘हामी सबै राजनीतिक दल, सबै उम्मेदवारका साझा मानिस हौं । ब्यालेटबक्समा खसाल्ने मतपत्रको कुन चिह्न रोज्ने भन्ने कुरा स्वविवेक हो,’ उनले भनेका छन्, ‘तर कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिँदैन। यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता, आत्मीयता, नातालाई पवित्र राखी चुनावमा हामीबाट प्रचार–प्रसारको आश नगरिदिन अनुरोध गर्दछु ।’
उनले लेखेका छन्
कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् ।
कति सङ्ग गहिरो मित्रता हुन्छ ।
कति संग नाता गासिएको हुन्छ ।
देशमा जब निर्बाचन नजिकिन्छ । त्यसबखत ति मित्रता , ति नाता र आत्मिय सम्बन्ध गासिएका ब्यक्तिहरु निर्बाचनमा उमेद्वार बन्दछन् । त्यसबखत हामी सङ्ग केही आशा राख्नु स्बभाबिक हो ।मलाई चुनाबमा मद्दत गरिदेला ,मेरो पक्षमा भोट मागी देला भनेर ।
तर हामी सबै राजनितिक दल ,सबै उमेद्वारका साझा मानिस हौ ।ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।
तर कसैको पक्षमा भोट माग्न ,कसैको प्रचारक हुन सकिदैन यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता ,आत्मियता ,नाता लाई पबित्र नै राखि चुनाबमा हामी बाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु।







