अर्थ बाणिज्य / समाज
Wednesday, 6 Aug, 2025
नेप्से परिसूचक झिनो अंकले घट्यो
सेयर बजार परिसूचक नेप्से आज बुधबार १.९४ अंकले घटेर २८३२.०६ बिन्दुमा ओर्लिएको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज दिनभर कुल २ करोड १६ लाख ५७ हजार ७ सय ६ कित्ता सेयर ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९ सय ५२ रुपैयाँमा कारोबार भएको छ।
आज हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर, शिवम् सिमेन्ट, नाग्दी ग्रुप, बलेफी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
आजको कारोबारमा विन नेपाल लघुवित्त,महुली लघुवित्त र ट्रेड टावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।यी कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोवार भएको छ ।







