अर्थ बाणिज्य / समाज Monday, 26 Feb, 2024
Prestige Media

ए’ ग्रेडका खेलाडीको मासिक तलब १ लाख

काठमाडौं– नेपाल क्रिकेट संघ ९क्यान० ले ‘ए’ ग्रेडमा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु १ लाख दिने निर्णय गरेको छ। फागुन १२ र १४ मा बसेको क्यान केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक १ लाख तलब दिने निर्णय गरेको हो। ‘ए’ ग्रेडमा ६ जना खेलाडी पर्न सफल भएका छन्।
बैठकले पुरुषतर्फ ‘बी’ ग्रेडमा पर्ने खेलाडीलाई ७० हजार, ‘सी’ ग्रेडलाई ५५ हजार, ‘डी’ ग्रेडलाई ३५ हजार तथा इमर्जिङ समूहमा पर्नेलाई २५ हजार प्रदान गर्ने निर्णय गरेको छ। ‘ए’ ग्रेडमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन्। त्यसैगरी ग्रेड ‘बी’मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी र अभिनाश बोहरा छन्। ग्रेड ‘सी’मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जिसी छन् ।
ग्रेड ‘डी’मा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् भने इमर्जिङ समूहमा दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी छन्। महिलातर्फको ग्रेड ‘ए’मा इन्दु वर्मा, रुविना क्षेत्री र सीता रानामगर छन् भने ग्रेड ‘बी’मा कविता कुँवर, ग्रेड ‘सी’मा पूजा महतो र अश्मिना कर्मचार्य छन्। त्यसैगरी ग्रेड ‘डी’मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल छन्।

इमर्जिङमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्स्निका मरासिनी, कञ्चन श्रेष्ठ, रुवि पोदार, सृष्टि जैशी, सम्झना खड्का र सना प्रविन छन्।
महिलातर्फको ‘ए’ ग्रेडका पर्ने खेलाडीलाई ५० हजार प्रदान गरिनेछ भने ‘बी’ ग्रेडलाई ३५ हजार, ‘सी’लाई ३० हजार, ‘डी’ लाई २५ हजार तथा इमर्जिङ समूहलाई २० हजार प्रदान गर्ने बैठकले निर्णय गरेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्से परिसूचकमा पहिरो, १४५ अंकको गिरावट

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

विश्वका पर्यटकलाई नेपाल भ्रमण गर्न प्रधानमन्त्रीको आग्रह

सुनको मूल्य हालसम्मकै उच्च, डेढ लाख पुग्यो

तोलामा १ हजार ६ सयले बढ्यो सुन मूल्य

सुन मूल्य तोलामै १८०० रुपैयाँले बढ्यो

नेप्सेमा हरियाली, ६४ अंकले बढ्दा करिब २२ अर्बको कारोबार

प्राधिकरणद्वारा गत आवमा करिब १७ अर्बको बिजुली निर्यात

लगानी बोर्डद्वारा ९ परियोजनाका लागि पौने ३ खर्ब लगानी स्वीकृत

नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषण

एकै दिन प्रतितोला २४०० रुपैयाँले घट्यो सुन

पूर्वमन्त्री महतोले घुस दिएको घटना छानबिन गर्न समिति गठन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL