Breaking News Friday, 21 Aug, 2026
Prestige Media

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट अस्पताल सारिएको छ।

विगत तीन वर्षभन्दा बढी समयदेखि जेलमा रहेका विपक्षी नेता खानलाई बिहीबार अस्पताल सारिएको उनको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफले जनाएको छ।

पूर्वप्रधानमन्त्री खानलाई इस्लामावादको शिफा अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।

७३ वर्षीय खानका वकिलहरूले जेलमा उनको स्वास्थ्य बिग्रिएको र दाहिने आँखाको दृष्टि गुमाएको बताएका छन्।

सरकारले भने मेडिकल रिपोर्टहरूले तत्काल उपचार आवश्यक नरहेको भन्दै आएका थिए। 

सर्वोच्चले उनको मुद्दामा अर्को सुनुवाइ नभएसम्मका लागि अस्पतालमा राखेर उपचार गराउनू भनेर मंगलबार आदेश दिएको थियो।

सो मुद्दामा अर्को सुनुवाइ सेप्टेम्बर १६ मा हुनेछ।

सन् २०१८ देखि करिब चार वर्ष प्रधानमन्त्री छँदा बेलायतको ‘नेसनल क्राइम एजेन्सी’ ले फिर्ता पठाएको १९ करोड पाउन्ड हस्तान्तरण सहज बनाइदिए बापत एक व्यावसायिक घरानाबाट जमिन लिएको अभियोगमा खानले जेल सजाय काटिरहेका छन्।

यसबाहेक, आफ्नो पदावधिमा एउटा डिजाइनर गहना सेट र घडी लगायत सरकारी सम्पत्ति खरिद गर्नुअघि तिनको मूल्य कम आँकेको अभियोगमा उनलाई १७ वर्षको जेल सजाय पनि सुनाइएको थियो।

खानले यी सबै आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL