Breaking News Friday, 21 Aug, 2026
Prestige Media

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट अस्पताल सारिएको छ।

विगत तीन वर्षभन्दा बढी समयदेखि जेलमा रहेका विपक्षी नेता खानलाई बिहीबार अस्पताल सारिएको उनको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफले जनाएको छ।

पूर्वप्रधानमन्त्री खानलाई इस्लामावादको शिफा अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।

७३ वर्षीय खानका वकिलहरूले जेलमा उनको स्वास्थ्य बिग्रिएको र दाहिने आँखाको दृष्टि गुमाएको बताएका छन्।

सरकारले भने मेडिकल रिपोर्टहरूले तत्काल उपचार आवश्यक नरहेको भन्दै आएका थिए। 

सर्वोच्चले उनको मुद्दामा अर्को सुनुवाइ नभएसम्मका लागि अस्पतालमा राखेर उपचार गराउनू भनेर मंगलबार आदेश दिएको थियो।

सो मुद्दामा अर्को सुनुवाइ सेप्टेम्बर १६ मा हुनेछ।

सन् २०१८ देखि करिब चार वर्ष प्रधानमन्त्री छँदा बेलायतको ‘नेसनल क्राइम एजेन्सी’ ले फिर्ता पठाएको १९ करोड पाउन्ड हस्तान्तरण सहज बनाइदिए बापत एक व्यावसायिक घरानाबाट जमिन लिएको अभियोगमा खानले जेल सजाय काटिरहेका छन्।

यसबाहेक, आफ्नो पदावधिमा एउटा डिजाइनर गहना सेट र घडी लगायत सरकारी सम्पत्ति खरिद गर्नुअघि तिनको मूल्य कम आँकेको अभियोगमा उनलाई १७ वर्षको जेल सजाय पनि सुनाइएको थियो।

खानले यी सबै आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL