अर्थ बाणिज्य / समाज Monday, 22 Jan, 2024
Prestige Media

कृषिमा आत्मनिर्भर भए मात्रै व्यापार घाटा न्यून ः चेम्बर अध्यक्ष मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन्।
कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी नीति र लक्ष्य कागजमै सीमित हुने उनको भनाइ छ।
कृषिजन्य वस्तु उत्पादन र बजारीकरणका लागि तीनै तहका सरकार र निजी क्षेत्रका संगठनबीच प्रभावकारी समन्वय हुनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।
दोलखा चेम्बर अफ कमर्सको पाँचौं साधारणसभा उद्घाटन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्न कृषि एवं खानीजन्य वस्तुको पहिचान एवं प्रवद्र्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिए।
अध्यक्ष मल्लले भने, ‘कृषि उत्पादनको दृष्टिकोणले सबै जिल्लाको आ–आफ्नै विशिष्टकृत महत्त्व छ। स्थानीय उत्पादनको प्रवद्र्धन एवं बजारीकरणका लागि ठोस नीतिगत व्यवस्थाको खाँचो छ।’
कृषिप्रधान मुलुकमा खाद्यान्नसमेत आयात गर्नुपर्ने अवस्था आउनु दुर्भाग्य भएको भन्दै अध्यक्ष मल्लले स्थानीय कृषि उपजको उत्पादन वृद्धि एवं सहज बजारीकरणका लागि जिल्लामा छुट्टै कक्ष निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले भने ‘आन्तरिक उत्पादन नहुँदा कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दो क्रममा छ। सम्भावना भएका क्षेत्रमा समेत निर्यात सहजीकरण हुन सकेको छैन।’
निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत्, पर्यटन र सूचना प्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति योजना बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्से परिसूचकमा पहिरो, १४५ अंकको गिरावट

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

विश्वका पर्यटकलाई नेपाल भ्रमण गर्न प्रधानमन्त्रीको आग्रह

सुनको मूल्य हालसम्मकै उच्च, डेढ लाख पुग्यो

तोलामा १ हजार ६ सयले बढ्यो सुन मूल्य

सुन मूल्य तोलामै १८०० रुपैयाँले बढ्यो

नेप्सेमा हरियाली, ६४ अंकले बढ्दा करिब २२ अर्बको कारोबार

प्राधिकरणद्वारा गत आवमा करिब १७ अर्बको बिजुली निर्यात

लगानी बोर्डद्वारा ९ परियोजनाका लागि पौने ३ खर्ब लगानी स्वीकृत

नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषण

एकै दिन प्रतितोला २४०० रुपैयाँले घट्यो सुन

पूर्वमन्त्री महतोले घुस दिएको घटना छानबिन गर्न समिति गठन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL