कला / साहित्य
Wednesday, 31 May, 2023
फिल्म ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक (भिडिओ)
फिल्म ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ।बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य बनेको फिल्मको विनोद सुवेदी क्षितिज र नविनकुमार शाही निर्माता हुन्। बाबु श्रेष्ठको छायांकन गरेको फिल्मलाई रूपेश गुरुङले सम्पादन गरेका छन्।
प्रदीप शाही निर्देशित फिल्ममा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङलगायत कलाकारको अभिनय छ।







