कला / साहित्य Tuesday, 23 May, 2023
Prestige Media

‘आरआरआर’अभिनेता रे स्टिभेन्सनको निधन

काठमाडौं । हलिउड अभिनेता रे स्टिभेन्सनको इटालीमा निधन भएको छ । आरआरआर, थोर, डाइभर्जेन्ट फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो । हलिउड म्यागजिन डेडलाइनले अभिनेताको मृत्युबारे समाचार प्रकाशित गरेको छ ।

उनको पछिल्लो ऐतिहासिक फिल्म ‘१२४२ : गेट वे टु द वेस्ट’ थियो । नेपाल, भारतलगायत मुलुकमा चाहिं उनी एसएस राजामौली निर्देशित ‘आरआरआर’ अभिनेताको रुपमा चिनिन्छन् । उनले यो दक्षिण भारतीय फिल्ममा स्टन बक्स्टन नामक खलपात्रको भूमिकामा अभिनय गरेका थिए ।

हलिउडको चर्चित मार्वल फिल्म ‘थोर’मा उनले भोलस्ट्यागको रोलमा काम गरे । उनले एनिमेटेड स्टार वार्स श्रृंखला ‘द क्लोन वार्स’ लगायतमा पनि आवाज दिएका छन् । उनी डिज्नी प्लसको आगामी फिल्म ‘अशोका’मा अभिनय गर्ने तयारीमा थिए ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL