कला / साहित्य
Tuesday, 18 Apr, 2023
सुजन चापागाईंको ‘फूलथुंगे रानी’ सार्वजनिक
गायक सुजन चापागाईंको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
गायक चापागाईंकै युट्युब च्यानलमार्फत ‘फूलथुंगे रानी’ बोलको गीत सार्वजनिक गरिएको हो। हर्क साउदको शब्द रहेको गीतमा गायक चापागाईंले संगीत भरेका छन् भने संगीत संयोजन कुशल सिंहको छ।
आर्टमान्डुले निर्माण गरेको गीत भिडिओमा एलेक्स विश्वकर्मा र विभूति सिटौलाको अभिनय छ।







