कला / साहित्य
Friday, 20 Jan, 2023
फिल्मको हिरो बन्ने भए स्वप्न सुमन
गायक स्वप्न सुमन अब फिल्मको नायक बन्ने भएका छन् । दिनेश राउतले निर्देशन गर्ने आगामी अनटाइटल फिल्ममा उनलाई नायकको भूमिकामा देख्न पाइने भएको हो ।
प्रेमकथा र सामाजिक कथावस्तुमा आधारित हुने फिल्मको छायांकन वैशाखदेखि सुरु हुनेछ । निर्देशक राउतले गायक सुमनलाई प्रमुख चरित्रमा अनुबन्धित गरिएको जानकारी दिए ।
वास्तविक नाम सुमन थापा भएका उनको स्टेज नाम चाहिं स्वप्न सुमन हो । सन् २०१३ बाट गीत गाउन सुरु गरेका उनले यसअघि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को ओएसटी पनि तयार पारेका थिए । के