कला / साहित्य
Wednesday, 18 Jan, 2023
डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन हरिवंशको प्रस्ताव
। वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन अभिनेता हरिवंश आचार्यले प्रस्ताव गरेका छन् । रुइतलाई राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बढ्ने समेत हरिवंशले फेसबुक पोस्टमा उल्लेख गरेका छन् ।
रुइतले लाखौं दृष्टिविहीनलाई उज्यालो छरेको कार्यको मूल्यांकन गर्दै उनलाई राष्ट्रपति बनाउनुपर्ने हरिवंशको तर्क छ । उनको प्रस्तावमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि सहमत जनाएका छन् ।