कला / साहित्य Thursday, 20 Oct, 2022
Prestige Media

तिहारलाई आउँदै छन् यी फिल्म

तिहारलाई लक्षित गर्दै ४ कात्तिकमा ‘के घर के डेरा’ र ‘नालापानी’, ११ कात्तिकमा ‘महापुरुष’ र १८ कात्तिकमा ‘लाखे’ को प्रदर्शन मिति तोकिएको हो।

काठमाडौं– चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन मिति तोक्ने गरेका छन् । गत दसैं लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो । यसअगाडिको दसैं–तिहारमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठ बताउँछन् ।

‘दर्शक चाडपर्वको माहोलमा रहने हुँदा फिल्मले राम्रो व्यापार गरिरहेको पाइन्छ । यसैकारण पनि चाडपर्वमा प्रदर्शनका लागि डेट पाउन मुस्किल हुने गरेको छ’, वितरक श्रेष्ठले भने ।तिहारलाई लक्षित गर्दै चार फिल्म प्रदर्शन हुँदैछन् । ४ कात्तिकमा ‘के घर के डेरा’ र ‘नालापानी’, ११ कात्तिकमा ‘महापुरुष’ र १८ कात्तिकमा ‘लाखे’ को प्रदर्शन मिति तोकिएको हो ।

अभिनेता दयाहाङ राईले आफू अभिनीत फिल्म ‘के घर के डेरा’ ले दुवैतर्फको कथा भन्ने जानकारी दिए । उनी भन्छन्, ‘डेरामा बस्ने मात्र नभई घर हुनेको पनि छुट्टै पीडा हुन्छ । हामीले मध्यमार्गी भएर कथा देखाउने कोसिस गरेका छौं । मलाई भने डेराको समयमा फर्कायो ।’
फिल्ममा अभिनेता राईसँगै विपीन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानीगढीमा भएको अंग्रे्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधारित ‘नालापानी’ वर्षौंको मिहिनेतले तयार गरिएको अभिनेता अर्जुनजंग शाहीले बताए । यसमा अभिनेता शाहीसँगै देशभक्त खनाल, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, सहिना भट्टराई, गीत विष्ट, युगजंग कार्कीलगायतको अभिनय छ । फिल्मलाई रिमेश अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन् ।

११ कात्तिकबाट प्रदर्शन हुने ‘महापुरुष’ मा अभिभावकको एक्लोपनको कथा देखाइएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले जानकारी दिए ।
आफ्नो व्यस्त जीवनमा रमाइरहेका सन्तान र अभिभावकबीचको सम्बन्ध र चाहनालाई सरल रुपमा प्रस्तुत गरिएको निर्देशक भट्टराईले बताए । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् ।निर्देशक भट्टराईले यसअगाडि जात्रा, शत्रु गते र जात्रैजात्राको निर्देशन गरिसकेका छन् ।

द्वन्द्वप्रधान फिल्म ‘लाखे’ मा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संयोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय रहेको छ । ‘यसको मेकिङमा निकै मिहिनेत गरिएको छ । विदेशी फिल्मझैँ द्वन्द्वमा मिहिनेत गरिएको छ’, अभिनेता ताम्राकारले भने । सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका छन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL