कला / साहित्य Monday, 19 Sep, 2022
Prestige Media

ओस्कार अवार्डका लागि नेपालबाट छानियो ऐना झ्यालको पुतली

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित उक्त फिल्मलाई ओस्कार अवार्डमा छनोट गरेको हो।

काठमाडौं– अमेरिकामा आउँदो वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपाली चलचित्र ऐना झ्यालको पुतली सिफारिसमा परेको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित उक्त फिल्मलाई ओस्कार अवार्डमा छनोट गरेको हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई ३० भदौ २०७९ भित्र फिल्म बुझाउन भनेको थियो। सोही सूचना अनुसार नेपालबाट राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए।

समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकतालगायत पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

ओस्कार अवार्ड १२ मार्चमा अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा हुनेछ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL