राजनीति / देश
Wednesday, 23 Jan, 2019
टोखा अभियान बचत तथा ऋण सहकारी संस्था लिमीटेडको नवौं र्बाषिक साधारण सभा
ठमांडौ–टोखा अभियान बचत तथा ऋण सहकारी संस्था लिमीटेडको नवौं र्बाषिक साधारण सभा, टोखा केव मिनी फन पार्कमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी टोखा न.पा का प्रमुख प्रकाश अधिकारीले औपचारिक समुद्वघाटन गर्नुभएको थियो । त्यसैगरी अतिथीहरु बुद्विजिवी सेयर सदस्य कुल नारायण श्रेष्ठ, समाजसेवी टोखा न.पा–३ अध्यक्ष सिंहमान श्रेष्ठ, उपाध्यक्ष विशाल डङ्गोल , टोखा न.पा–२ अध्यक्ष दिपकराज जोशी, प्रेष्टिज मिडिया कनेक्टिङ प्रा.लि का प्रोपाईटर अग्नि प्रसाद भट्टराई रहनुभएको थियो । साथै सेयर सञ्चालन समिती सदस्य, लेखा समिती संयोजक र उपसमितीलाई पनि आतिथ्य ग्रहण गराईएको थियो । २०६५ सालमा २८ जाना सेयर सदस्यको प्रयासमा टोखा अभियान बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी टोखा न.पा का प्रमुख प्रकाश अधिकारीले यस संस्थाले यस श्रेत्रको विकास र समृद्धिको लागी महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनुभयो । सांस्कृतिक,सामाजिक र आर्थिक उन्नतिमा गरेको योगदान देखेर निकै खुसी भएको भन्दै सफलताको शुभकामना पनि दिनुभयो ।
“एकका लागी सबै र सबैको लागी एक” भन्ने उदेश्यका साथ स्थापना गरेको संस्थाले आठौ बसन्त पार गरेर नवै बसन्तमा पाईला टेक्दा निकै खुसी भएको टोखा अभियान बचत तथा ऋण सहकारी संस्था लिमीटेडका संस्थापक अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “सुरुवाती दिनहरुमा भन्दा अहिले निकै सहज भएको र संस्थाले विभिन्न जनचेतना मुलक कायर्क्रम, उदघोषण तालिम लगायत विभिन्न कार्य पनि र्गछौे” । उक्त सभामा नियमित बचत कर्ता,अनुशासित ऋणी,लक्की ड्रबाट भाग्यशाली विजेतालाई पुरस्कार वितरण गरिएको थियो भने प्रमुख अतिथी,विशेष अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । दुई भागमा विभाजन गरिएको कार्यक्रममा दोस्रो चरणमा बन्द सत्र अन्र्तगत “र्वाषिक प्रतिवेदन प्रस्तुतिकरण” रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संञ्चालन समिती सदस्य रजनी डङ्गोलले दिनुभएको थियो भने कार्यक्रम संञ्चालन राज डङ्गोलले गर्नुभएको थियो ।







