‘नेपालबाट प्रतिभा पलायन हुनुका कारण र यसका दिर्घकालिन असरहरु’ बिषयक अन्तरकृया सम्पन्न
५ असार -काठमाण्डौको चाबहिल स्थित प्रेस्टिज मिडिया प्रालिमा ‘नेपालबाट प्रतिभा पलायन हुनुका कारण र यसका दिर्घकालिन असरहरु’बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । प्रतेक हप्ता शुक्रवार समसामयिक बिषयमा अन्तर्कृया क्रार्यक्रम गर्दै आइरहेको प्रेस्टिज मिडियाले आजको शुक्रबारे अन्तर्कृयाको कार्यक्रममा पनि नेपालको सन्दर्भमा एउटा गम्भिर बिषय उठाएको हो ‘नेपालबाट प्रतिभा पलायन हुनुका कारण र यसका दिर्घकालिन असरहरु’ यस बिषयमा पनि उपस्थित बक्ताहरुले आफ्नो महत्वपुर्ण धारणा ब्यक्त गरेका थिए । कार्यक्रम मिडियाका संस्थापक अग्नी प्रसाद भट्टराइको अध्यक्षता, समाजसेवी जित बहादुर गुरुङको प्रमुख आतिथ्य र करिब २२ जना भन्दा धेरै बुद्दिजिबी ,समाजसेवी ,शिक्षक विद्यार्थी लगायताका अतिथिहरुको सहभागीमा सम्पन्न भएको थियो । धेरैजसो बक्ताहरुले बिदेश सब थोक होइन नेपालमै बसेर केही गर्नु पर्छ , आजको हाम्रो सुखले भोली हाम्रो देश र सन्ततीको भबिस्य अन्धकार हुनेछ भन्ने धारणा राख्नु भएको थियो ।
राधिका ढकाल (प्रशिक्ष्यार्थी विद्यार्थी हुन )







