राजनीति / देश Sunday, 27 May, 2018
Prestige Media

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ, जेठ १३ गते ।  राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५÷७६को नीति तथा कार्यक्रम पारित गरेको छ ।

बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले दिएको जवाफप्रति स्पष्टीकरण माग गर्नुभएको थियो ।

नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे र राजपाका लालले पेश गरेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । त्यसैगरी गरी अर्का संशोधनकर्ता प्रमिला कुमारीले भने आफ्नो प्रस्ताव फिर्ता लिनुभएको थियो ।

प्राकृतिक विपत्ति तत्काल सम्बोधन गरिने
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद् एवं जनताका समस्यालाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफपछि पनि पुनः स्पष्ट हुन चाहनुभएका सदस्यको जवाफ दिँदै उहाँले जनताका समस्यालाई समाधान गर्न सरकार तम्तयार अवस्थामा रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम साझा भएको बताउँदै सबै नेपालीलाई अधिकारसम्पन्न बनाउन सरकार लागिपरेको छ भन्नुभयो । सुनकोशी डाइभर्सन र हुलाकी राजमार्ग तीन वर्षमै पूरा गरिने प्रतिबद्धता व्यक्त गरिएको प्रधानमन्त्रीको भनाइ छ ।
उहाँले वास्तविक सुकुम्बासीलाई जनता आवास कार्यक्रममार्फत नयाँ स्थानमा सारिने बताउनुभयो । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गरिने र प्रदेश नं २ का सिँचाइका कार्यलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आर्थिक सर्वेक्षण पेश

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४÷७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०७४ पेश गर्नुभयो । राष्ट्रियसभाको अर्काे बैठक यही जेठ १५ गते साँझ ६ः४५ बजे बस्नेछ ।  (रासस)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL