आजको पत्रपत्रीकाबाट Friday, 25 May, 2018
Prestige Media

अनमोल र नीता उत्कृष्ट

काठमाडौँ — केहीअघि मात्र सम्पन्न छैटौं एनएफडीसी अवार्डमा सर्वोत्कृष्ट अभिनेताको ट्रफी जितेका अनमोल केसीले फेरि पनि त्यस्तै सफलता चुमेका छन् । राष्ट्रिय सभागृहमा बिहीबार आयोजित छायाछवि दसौं डी सिने अवार्डमा उनलाई ‘कृ’ फिल्मको भूमिका लागि सर्वोत्कृष्ट घोषित गरियो ।

‘यो अवार्ड मेरा लागि अवार्ड मात्र होइन,’ अनमोलले ट्रफी चुम्दै भने, ‘फिल्म क्षेत्रप्रतिको जिम्मेवारी पनि हो । सबैलाई थ्यांक यु भन्न चाहन्छु ।’ अनमोलकै ‘कृ’ लाई उत्कृष्ट फिल्म मानियो । उत्कृष्ट एनिमेसनमा ग्लेज इन्टरटेन्मेन्ट र छायांकारमा पुरुषोत्तम प्रधानलाई ‘कृ’ ले नै सफलता दिलायो ।

समारोहमा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ स्वरूप सम्मानपत्र र २५ हजार रुपैयाँ प्रदान गरियो । सात वर्षको उमेरदेखि कला यात्रा थालेकी भुसालले नेपालमा बनेको पहिलो फिल्म ‘आमा’ हुँदै ‘हिजो आज भोलि’, ‘मनको बाँध’, ‘सिन्दुर’, ‘जीवनरेखा’ लगायत सयौं फिल्ममा अभिनय गरेकी छन् ।

विसं. २०७४ को अन्ततिर प्रदर्शनमा आएको ‘लिलीबिली’ फिल्मका निर्देशक मिलन चाम्सको काम उत्कृष्ट मानियो, उनले निर्देशनतर्फको ट्रफी घर लगे । सबैभन्दा लोकप्रिय फिल्म चाहिँ ‘छक्का पञ्जा २’ मानिँदा ‘ब्लाइन्ड रक्स’ र ‘मंगलम्’ लाई क्रमश: क्रिटिक्स र जुरी अवार्ड प्रदान गरियो । पुष्पल खड्काले क्रिटिक्सका तर्फबाट उत्कृष्ट अभिनेताको ट्रफी पाए भने मोहन निरौला, राजेन्द्र उप्रेती, डब्बु क्षत्री, सन्तोष श्रेष्ठ र शबनम मुखियाको निर्णायक टोलीले ‘संरक्षण’ फिल्मका निर्देशक पूर्णेन्द्र झालाई इन्करेजमेन्ट अवार्ड दियो । पब्लिक च्वाइस अवार्डमा ‘शत्रु गते’ ले बहुमत ल्याएको बताइयो ।

सर्वोत्कृष्ट अभिनेत्रीमा ‘पञ्चायत’ बाट नीता ढुंगानालाई अब्बल मानिँदा नव–अभिनेतामा सलिनमान बानियाँ र अभिनेत्रीमा जसिता गुरुङ सर्वोत्कृष्ट घोषित भए । ‘ए मेरो हजुर २’ का लागि झरना थापालाई नवनिर्देशकका रूपमा स्याबासी दिइयो । उत्कृष्ट खलपात्रको नाम सुनाउनुअघि नै दर्शकहरू प्रशान्त ताम्राकार भन्दै चिच्याएका थिए । तिनको अनुमान सही निस्कियो । उत्कृष्ट कथा विधामा ‘भुइँमान्छे’ का लागि नवराज बुढाथोकी र पटकथामा प्रदीप भारद्वाजले ‘लिलीबिली’ बाट अवार्ड हात पारे । निर्देशक दीपेन्द्र लामालाई उनको डेब्यु फिल्म ‘घामपानी’ ले उत्कृष्ट संवाद विधामा ट्रफी दिलायो भने यही फिल्मबाट पुष्कर गुरुङ उत्कृष्ट चरित्र अभिनेता घोषित भए । चरित्र अभिनेत्रीको विधामा मिथिला शर्माको नाम आयो ।

‘छक्का पञ्जा २’ की वर्षा राउत र ‘ए मेरो हजुर २’ का सलोन बस्नेत सहायक भूमिकामा अब्बल ठहरिए । फिल्म सम्पादक मित्रदेव गुरुङले ‘मंगलम्’ मा गरेको कामको सराहना भइरहँदा ‘रुद्र’ बाट हिमाल केसी उत्कृष्ट द्वन्द्व निर्देशक चुनिए । बालकलाकार कुशाग्र भट्टराईलाई ‘पिँजडा ब्याक अगेन’ फाप्यो । केदार घिमिरे ‘माग्नेबूढा’ ले उत्कृष्ट हास्यकलाकार विधामा बाँकी चारलाई निराश पारे ।

‘लिलीबिली’ को पाश्र्व संगीत उत्कृष्ट मानिएपछि एलिश कार्कीको भागमा ट्रफी आइपुग्यो । सुनयमान श्रेष्ठलाई ‘संरक्षण’ बाट उत्कृष्ट ध्वनि मिश्रण विधामा अवार्ड दिइरहँदा यही फिल्मको ‘सम्झनाको सारंगी…’ गीतका लागि धीरेन्द्र प्रेमर्षिलाई उत्कृष्ट गीतकार घोषित गरियो । उत्कृष्ट गायकमा सुगम पोखरेल र गायिकामा बिन्दु परियारको नाम आयो । संगीतकारमा ‘कुटुमा कुटु…’ गीतका लागि राजनराज शिवकोटी उत्कृष्ट मानिएपछि यही गीतमा नृत्य निर्देशन गरेका कविराज गहतराजले पनि ट्रफी हात पारे ।आजको कान्तिपुर दैनिक मा खबर छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL