राजनीति / देश Wednesday, 23 May, 2018
Prestige Media

नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

विराटनगर, जेठ ९ गते । किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।

भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाएको छ ।

विभिन्न नक्कली कागजपत्र तयार गरी वडा कार्यालयका अध्यक्ष र सचिवलाई झुक्काएर उहाँले राज मियाँको नामबाट नागरिकता प्रमाणपत्रका लागि सिफारिस गराई नागरिकता लिएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङमा रंगेली नगरपालिका वडा नं– ८ का अध्यक्ष टंक आचार्यले लिखित रुपमा कारबाहीका लागि माग गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भारत कुर्सकुट्टा डोवाबडी १३ घर भई रंगेली नगरपालिका–८, दर्बेसामा रहेको ठूलोबुबाको घरमा बस्दै आएका हुसैनले राज मियाँको नामबाट नागरिकता झुक्काएर लिएको उजुरी पत्रमा उल्लेख छ ।

हुसैनले आफ्नो जन्ममिति २०५४ साल भदौ २३ गते उल्लेख गरेका छन् । हुसैनले आफ्नो नागरिकतामा आफ्नो ठूलोबुबाको छोरा आनाबारुल मियाँलाई बाबु बनाएर नागरिकता सिफारिस झुक्काएर गराएको सम्बन्धमा विशेष सूचनाका आधारमा अध्यक्ष आचार्यले दुई हप्ता अगाडि जिल्ला प्रशासन कार्यालय मोरङमा कारबाहीको लागि निवेदन दिनुभएको हो ।

नेपाली नागरिक हो कि होइन भन्ने विषयमा स्थानीयवासीबाट सर्जमिन मुचुल्का बनाएपछि मात्र आफूले सिफारिस गरेको पनि उहाँले बताउनुभयो ।

उहाँले नागरिकता सिफारिश कार्यमा आफूले कुनै गल्ती नगरेको जवाफ दिँदै सक्कली नागरिकतासहित जिल्ला प्रशासन कार्यालयमा कारबाहीको लागि उजुरी दिएको स्पष्ट गर्नुभयो ।

हाल झुक्काएर नागरिकता लिने मियाँ इलाका प्रहरी कार्यालय रंगेलीमा मानव बेचबिखन र नक्कली नागरिकता मुद्दामा थुनामा छन् ।  (रासस)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL