फुट्यो राजपा नेपाल;असन्तुष्ट समूहले खोल्यो नयाँ पार्टी
काठमाडौं, वैशाख ७ – राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ ।शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा असन्तुष्ट समूहले राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) को घोषणाग रेका हुन्। राजपाबाट फुटेको जानकारी दिएका हुन् । राजपाका उपाध्यक्षसहितका नेताहरुले राजपा फुटेको घोषणा गरेका हुन् ।राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरू राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन्।
उपाध्यक्ष यादवसहित ३३ जना केन्द्रीय सदसस्यहरुले राजपाबाट छुट्टिएर नयाँ पार्टी घोषणा गरेका हुन् ।तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरूमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव, केन्द्रीय तदर्थ समिति सदस्यहरूमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन्।







