राजनीति / देश
Friday, 20 Apr, 2018
माइतीघरमा विरोध प्रदर्शन गर्न पाउनुपर्ने विवेकशील साझाको माग
७ वैशाख, काठमाडौं ।विवेकशील साझा पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न पाउनु पर्ने माग गरेको छ।शुक्रबार प्रेस विज्ञप्ति जारी गरी पार्टीले सो कुराको माग गरेको हो।जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न पाइने सात स्थान तोकेको छ । यो निर्णयले रत्नपार्क, माइतीघरमा समेत विरोध प्रदर्शन गर्न रोक लागेको छ ।
विवेकशील साझा पार्टीले काठमाडौंका ७ स्थानलाई मात्र विरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रममा लागि खुला भनेर तोकेको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।विवेकशील साझा पार्टीले भद्र आन्दोलनको प्रतीक बनेको माइतीघर मण्डलालाई निषेधित क्षेत्र बनाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।







