राजनीति / देश
Friday, 20 Apr, 2018
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित
७ वैशाख, काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।पूर्व निर्धारित तालिकाअनुसार शुक्रबार ११ बजेदेखि शुरु हुने भनिएको बैठकमा सबै नेताहरु उपस्थित हुन नसकेपछि बैठक आइतबारलाई सारिएको छ ।मालिन्दो एयरको विमान धावनमार्गमा दुर्घटना भएपछि अन्तरिक उडान रोकिँदा नेताहरु काठमाडौं आउन नसकेका हुन् । पौडेलसहितका ७ नेता पोखरामा अडि्कएका थिए ।
यसअघि केन्द्रीय कार्यसमितिको बैठक जारी रहेका बेला केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएकाले चैत ९ गतेबाट शुरु बैठक चैत १६ गते स्थगित भएको थियो । बिहिबार बेलुका उडान भर्ने क्रममा मालिन्दो एयरको विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएका थिए । बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।







