अर्थ बाणिज्य / समाज Friday, 20 Apr, 2018
Prestige Media

‘महिला हिंसा न्यूनीकरणका लागि कार्ययोजनाको खाँचो’

काठमाडौँ,  वैशाख ७ गते । उपत्यकामा हुने महिला हिंसा न्यूनीकरणका लागि कार्ययोजनाको खाँचो रहेको बताइएको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको आयोजनामा ‘मानव बेचबिखन तथा ओसारपसार र यौनजन्य दुव्र्यवहारविरुद्धको ¥याली’मा आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले समाज रुपान्तरणका लागि प्रहरीको सेवाले मात्रै नपुग्ने भन्दै यसमा आम समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो ।

परिसरका प्रमुख पोखरेलले महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बसपार्क क्षेत्रमा दिनहुँ मानव बेचबिखन र यौनजन्य दुव्र्यवहार बढ्दै गएको भन्दै यसलाई रोक्न नगरपालिका प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक सेवा केन्द्र गोङ्गबुका अध्यक्ष शैलेश कार्कीले महिलामाथि हुने यौन हिंसा कमी गर्दै समाज रुपान्तरणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रभागका प्रमुख प्रताप पौडेलले मानव बेचबिखन र यौनजन्य घटना रोक्न प्रभागले गोङ्गबु क्षेत्रमा रहेर महिलाको हकहितमा काम गर्ने संघसंस्थासँग समन्वय गरी संयुक्त ¥याली सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।

¥यालीमा मित्रनगर टोल विकास समाज, सामुदायिक प्रहरी सेवा केन्द्र, संस्कार समाज नेपाल, धनेश्वरी आमा समूह, महिला उपकार समाज सुधार मञ्च, समाज उत्थान महिला मञ्च, महिलाका लागि महिला मञ्च, शक्ति समूह गोङ्गबु, जनकल्याण सामाजिक केन्द्र, सयपत्री आमा समूह, स्वेत सदन बोर्डिङ स्कूललगायत संघ संस्थाका झण्डै एक हजार जनाको सहभागिता रहेको थियो ।  रासस

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL