राजनीति / देश Thursday, 19 Apr, 2018
Prestige Media

बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक

काठमाडौँ, वैशाख ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन गर्नुभयो ।

हिन्दू धर्मावलम्बीका आस्थापुञ्जका चार धाममध्ये बदरीनारायणलाई एक मानिन्छ । शिवपुरीको काखमा अवस्थित बृहत् शान्तिधाममा बदरीनारायणको प्राण प्रतिष्ठा गरी मन्दिर तथा गोपुर तयार गरिएको हो । विसं २०७३ असार ३ गते मन्दिरको शिलान्यास भएको थियो ।

सत्यम्, शिवम्, सुन्दरम् भगवान् शिवका आदर्श वाणीअनुसार कलात्मक शैलीमा मन्दिर तयार पारिएको छ । बदरीनारायणको प्राण प्रतिष्ठासँगै बदरीनाथको दर्शन गर्न अन्यत्र जानुपर्ने अवस्थाको अब अन्त्य भएको बताइएको छ ।

सो अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बृहत् शान्तिधामलाई धार्मिक र सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको जानकारी दिनुभयो । उहाँले धार्मिक सहिष्णुता र एकताले नै राष्ट्रियतालाई बलियो बनाउने चर्चा गर्दै आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनलाई जोड दिनुपर्ने विचार प्रकट गर्नुभयो ।

तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले बृहत् शान्तिधाममा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोग पु¥याउने जानकारी दिनुभयो ।
बृहत् शान्तिधामका संस्थापक चतुर्भुचार्य चुडामणिले सनातन धर्मको रक्षा गर्न आह्वान गर्नुभयो । सो अवसरमा भक्ति सङ्गीतसमेत प्रस्तुत गरिएको थियो । (रासस)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL