राजनीति / देश Thursday, 19 Apr, 2018
Prestige Media

शुक्लाफाँटा नगरपालिकाका चौध वटा कानून राजपत्रमा प्रकाशित

कञ्चनपुर, वैशाख ६ गते । शुक्लाफाँटा नगरपालिकाले चौध वटा कानून राजपत्रमा प्रकाशन गरेको छ । राजपत्रमा चार वटा ऐन, तीन वटा नियमावली, पाँच वटा कार्यविधि, एक आचारसंहिता र एक निर्देशिका प्रकाशन गरिएका हुन् ।

कार्यपालिकाको बैठकबाट कार्यविधि, निर्देशिका, आचारसंहिता र नगरसभाबाट ऐन पारित गरिएपछि राजपत्रमा प्रकाशन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।

राजपत्रको भाग–१ मा प्रकाशन भएका ऐनमा शुक्लाफाँटा नगरपालिका स्थानीय तहको आर्थिक ऐन २०७४, स्थानीय तहको विनियोजित ऐन २०७४, आर्थिक कार्यविधि नियमित र व्यवस्थित गर्न बनेको ऐन २०७४, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४, कार्यसम्पादन नियमावली २०७४, नगर कार्यपालिका कार्यविभाजन नियवाली २०७४ र नगर कार्यपालिकाको निर्णय आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली, २०७४ रहेका छन् ।

यसैगरी, राजपत्रको भाग–२ मा शुक्लाफाँटा नगरपालिका एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७४, योजना सञ्चालनसम्बन्धी कार्यविधि २०७४, स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७४, शुक्लाफाँटा नगरपालिका पदाधिकारीहरुको आचारसंहिता २०७४ र शुक्लाफाँटा नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७४ प्रकाशन गरिएका छन् ।

प्रस्तावना तयार गरिएका बाँकी ऐन छिट्टै विशेष नगरसभा डाकेर पारित गरी राजपत्रमा प्रकाशन गरिने नगर प्रमुख ऐरले बताउनुभयो । ऐन, नियमावली, कार्यविधि र निर्देशिका पारित भई राजपत्रमा प्रकाशन भइसकेपछि कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै नगर प्रमुख ऐरले भन्नुभयो, “नगरको कार्य सञ्चालन गर्नका लागि सघाउ पुगेको छ ।”  (रासस)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL