राजनीति / देश Thursday, 29 Mar, 2018
Prestige Media

२२ दिन बिदा कटौती सबैका लागि ६७ दिन बिदा

लक्की चौधरी

काठमाडौँ, चैत १५ गते । सरकारले आगामी आर्थिक वर्षमा २२ दिन कम सरकारी बिदा दिनेगरी सरकारी बिदाको कटौती गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि पत्रकारलाई बैठकबारे जानकारी दिनुहुँदै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले २०७५ सालमा सरकारी बिदा कटौती गर्ने निर्णय भएको बताउनुभयो । यसअघि दिंदैआएको सरकारी बिदाभन्दा २२ दिनको सरकारी बिदा कटौती गर्ने निर्णय भएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा सरकारले कुल ८९ दिन सरकारी बिदा दिने निर्णय गरेको छ ।
राज्यमन्त्री बाँस्कोटाका अनुुसार सम्बन्धित धर्मालम्बीका लागि २२ दिन र सबैका लागि ६७ दिन बिदा दिइनेछ । अहिलेसम्म वर्षभरिमा १०४ दिन सरकारी बिदा दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
सोहीअनुसार मन्त्रिपरिषद्को बैठकले जापान सरकारले वस्तु तथा सेवा प्रवाहमा गर्ने सहयोग स्वीकृत गरेको राज्यमन्त्री बाँस्कोटाले बताउनुभयो । नेपालको आर्थिक तथा समाजिक विकासका लागि जापान सरकारले ६८ करोड ६० लाख रुपैयाँ सहयोग गर्नेभएको छ ।  त्यस्तै बैठकले विशिष्ट श्रेणी सेवा सुविधाका लागि दुई चिकित्सक नियुक्त गर्ने निर्णय गरेको छ । निर्णयअनुसार डा. बिदासिंह शाह र डा. दिलीप शर्मालाई नियुक्त गर्ने निर्णय भएको हो । सोहीअनुसार सरकारका दुई मन्त्रीको विदेश भ्रमणको स्वीकृति बैठकले प्रदान गरेको छ ।

राज्यमन्त्री बाँस्कोटाका अनुसार उर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन अजरबैजानको भ्रमणमा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली थाइल्यान्डको भ्रमणमा जानुहुनेछ । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा भने छलफल नभएको राज्यमन्त्री बाँस्कोटाले बताउनुभयो । बैठकले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको सङ्घीय संसद्मा हुने सम्बोधनको विषयमा पनि छलफल गरेको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।
त्यस्तै, प्रदेश तथा स्थानीय तहको कानुन निर्माण गर्ने जिम्मा कानुन मन्त्रालयलाई दिने निर्णय बैठकले गरेको छ । सोहीअनुसार मन्त्रिपरिषद् बैठकले सङ्घीय, प्रदेश र स्थानीय सरकारमा रहने कर्मचारीको दरबन्दी स्वीकृत गरेको राज्यमन्त्री बाँस्कोटाले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला समन्वय समितिसहित ८३० स्थानीय तहमा श्रेणीबाहेक ५७ हजार ३५४ कर्मचारीको दरबन्दी कायम गरिएको छ । मन्त्रालयहरूमा यसअघि ३२६० कर्मचारीको दरबन्दी कायम गरिएको थियो । अब कटौती गरेर २६५४ कर्मचारी मात्र रहनेछन् । गोरखापत्र

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL