राजनीति / देश Wednesday, 28 Mar, 2018
Prestige Media

स्थानीय तहले करारमा कर्मचारी भर्ना गर्न पाउने

काठमाडौँ, चैत १४ गते । अब स्थानीय तहले करार सेवामा कर्मचारी भर्ना गर्न पाउने भएका छन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै करारमा कर्मचारी भर्नाको बाटो खुलेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मङ्गलबार कार्यविधि स्वीकृत गर्नुभएको हो । स्थानीय तहले आआफ्नो कार्यपालिकाको बैठकबाट नमुना कार्यविधि स्वीकृत गरी करारमा कर्मचारी राख्न सक्ने मन्त्रालयले जानकारी दिएको छ ।

कार्यविधिअनुसार स्थानीय तहलाई आवश्यक पर्ने कृषि, पशु, वन, स्वास्थ्यसँग सम्बन्धित जनशक्ति करार सेवामा लिन सकिनेछ । स्थानीय तहले स्वीकृत गरेको दरबन्दीका आधारमा १५ दिनको सार्वजनिक सूचना जारी गरी कर्मचारी भर्ना गर्नसक्ने व्यवस्था कार्यविधिले गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठन हुने भर्ना छनोट समितिले सूचीकरण गरेपछि आवेदकको योग्यताक्रमअनुसार सूचीकरणको विवरण प्रकाशन गर्नुपर्छ । करार सम्झौतामा कार्यविवरण सर्त, करार अवधि, पारिश्रमकि आदि खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।
स्थानीय तहमा कर्मचारी भर्नासँगै सेवा प्रवाहमा सुधार आउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह
तामाङले बताउनुभयो । गोरखापत्र

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL