राजनीति / देश Tuesday, 27 Mar, 2018
Prestige Media

प्रचण्डलाई बाबुरामको जवाफ– आत्महत्या गर्नुछ भने आफैं गरे भो, मलाई किन बोलाउनू ?

‘नयाँ शक्ति दूध हो, पानीमा मिसिन्न’

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग ध्रुवीकरणमा नजाने बताएका छन् । उनले माओवादी केन्द्रले एमालेसँग गर्न लागेको एकता ‘आत्महत्या’ बराबर हुने टिप्पणी गर्दै नयाँ शक्ति माओवादीमा नमिसिने प्रष्ट पारे ।

नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी दूध हौं, अरु पानी हुन् अरुमा मिसिन जाने भनेको पानीमा दूध मिसाउनु जस्तै हो, जसको अर्थ हुँदैन’, नयाँ शक्ति पार्टी पुराना शक्तिहरुसँग ध्रुवीकरणमा नजाने स्पष्ट पार्दै उनले अगाडि थपे, ‘बरु अलिकति दूधको मात्रा बढाएर, केही थोरै मात्रामा सफा पानी दूधमा थप्न सकिन्छ । तर, पानीमा मिसिन जान सकिँदैन ।’

उनले एमालेसँग एकता गर्ने माओवादीको तयारीप्रति टिप्पणी गर्दै यसलाई ‘आत्महत्या’को संज्ञा दिए । ‘एमाले माओवादीको एकता प्रचण्डको आत्मसमर्पण होइन, आत्महत्या हो’, उनले प्रचण्डले माओवादीमा फर्किन गरेको आग्रहतर्फ संकेत गर्दै भने, ‘आत्महत्या नै गर्नु छ त प्रचण्डजीले आफैं गरे भयो, किन मलाई बोलाइरहनुभएको छ ? मैले बुझ्न सकिरहेको छैन ।’

राजनीतिलाई नयाँ दिशा दिनकै लागि नयाँ शक्तिको जन्म भएको दाबी गर्दै अगाडि थपे, ‘संसार गतिमा छ, विचार र पार्टी पनि गतिमा हुन्छ, त्यसैले क्रान्ति कहिल्यै पूर्ण हुँदैन । अब हामीले एउटा क्रान्ति गर्नुपर्छ, विकास र समृद्धिको ।’

फरक प्रसंगमा भट्टराईले सीमांकनका आधारमा प्रदेश ५ उँट जस्तो बनेको टिप्पणी गरे । संरचना नमिलेकाले यो लामो समय रहनेमा उनले शंका व्यक्त गरे । उनले संघीयताले तल्लो तहसम्म राजनीतिक अधिकार निक्षेपण गर्दै नागरिकको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्ने भएकोले पहिचान र सामर्थ्यलाई आधार बनाएर राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदन अनुसार प्रदेशहरुको सीमांकन गरिनु वस्तुवादी र वैज्ञानिक हुने बताए ।

भट्टराईले विगतमा समाजवादी केन्द्रको स्थापना गर्ने उद्देश्यका साथ वामपन्थी गठबन्धनमा सामेल हुने निर्णय गरेको तर एमाले र माओवादी केन्द्र त्यो उद्देश्यबाट विचलित भएकाले गठबन्धन छाडेर बाहिर आउनुपरेको दाबी गरे ।साभार;अनलाइन खबर

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL