राजनीति / देश
Monday, 26 Mar, 2018
राष्ट्रपति चैत १५ गते संघीय संसदमा सम्बोधन गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते दिउँसो ४ बजे संघीय संसद (राष्ट्रिय र प्रतिनिधि सभा) को बैठकमा सम्बोधन गर्ने भएकी छन्।

निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको हो ।दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति भण्डारीले पहिलो पटक संसदलार्इ सम्बोधन गर्ने भएकी हुन् ।







