राजनीति / देश
Wednesday, 7 Mar, 2018
प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा रिट दायर
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रिट दायर भएको छ । संसदमा सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो । शपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने भएकाले त्यसरी बनेका व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गर्नुभएको हो । रिटमा प्रधानमन्त्री ओलीको नियुक्ती गैरसंवैधानिक भएको भन्दै बदर गर्न समेत माग गरिएको छ ।
रिटको पेशी पर्सि शुक्रबारलाई तोकिएको छ । एमालेका अध्यक्ष समेत रहेका ओली गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।







