राजनीति / देश
Wednesday, 7 Mar, 2018
वाम गठबन्धनबाट राष्ट्रपति भण्डारीद्वारा दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता
काठमाडौं, फागुन २३ –वाम गठबन्धनबाट राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम अनुसार राष्ट्रपति भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन् ।उनको उम्मेदवारीकाे प्रस्तावकका रुपमा माधव नेपाल, भीम रावल, इश्वर पोखरेल, सुवास नेम्वाङ र ओनसरी घर्ती रहेका छन् भनेसमर्थकका रुपमा रामबहादुर थापा बादल, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रविन्द्र अधिकारी रहेका छन् ।भण्डारी दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्दैछिन्।
राष्ट्रपतिका लागि भण्डारीसँगै वरिष्ठ नेता झलनाथ खनालको दाबी थियो।
भण्डारी यसअघि २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचित भएकी थिइन्। उनले नेपालको दोस्रो राष्ट्रपति र पहिलो महिला राष्ट्रपतिको इतिहास बनाएकी थिइन्।







