राजनीति / देश Wednesday, 7 Mar, 2018
Prestige Media

कांग्रेसकाे राष्ट्रपति उम्मेदवार राईले गरिन् उम्मेदवारी दर्ता

काठमाडौँ — नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपति उम्मेदवार कुमारी लक्ष्मी राईले आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । राईलाई बुधबार बसेको कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकले राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उम्मेदवारी दर्ता गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै राईले पार्टीले उम्मेदवार बनाएकोले मैदानमा उत्रिएको बताइन्। पत्रकारहरुले मतदाताको अंकगणितका बारे गरेका प्रश्नको उत्तर दिँदै उनले भनिन्,‘अंकगणित भन्ने कुरा एक मिनेटमै पनि बद्लिन सक्छ। मैले एसएलसी दिँदा राष्ट्रपति विद्या भण्डारी भर्खरै जन्मिनुभएको थियो। त्यसैले म उहाँको राजनीतिक उपलब्धीको सम्मान गर्छु।’
कांग्रेसबाट उम्मेदवारी दर्ता गर्न नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका कांग्रेस महामन्त्री शशांक कोइरालाले वर्तमान राष्ट्रिपति विद्यादेवी भण्डारीलाई नै एमालेले पुन: उम्मेदवार बनाउने भएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवारी दिन निर्णय गरेका बताए।
‘कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय सभामा गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । तर, राष्ट्रपति भण्डारीले त्यसलाई रोकी दिनुभयो। यसले उहाँ निष्पक्ष हुनुहुन्न भन्ने देखिन्छ। त्यसैको विरोध स्वरुप हामीले उम्मेदवारी दिएका हौं,’ उनले भने, ‘एमालले अरुलाई उम्मेदवार बनाएको भए हामी उम्मेदवारी दिँदैन थियौं।’
राईको उम्मेदवारीको प्रस्तावकको रुपमा मानबहादुर विश्वकर्मा, चित्रलेखा यादव, पार्वती डिसी चौधरी, देवेन्द्रराज कँडेल, सुरेन्द्रराज पाण्डे रहेका छन् भने समर्थकका रुपमा सरिता प्रसाईं, सुजाता परियार, मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, राधा घले रहेका छन्।साभार; कान्तिपुर 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL