हालै सम्पन्न निर्वाचनमा आएको जनमतको सन्देश र अब बन्ने सरकारको भूमिका ‘ भन्ने बिषयमा अन्तरकृया कार्यक्रम
मंसिर २९ ,काठमान्डौ
देशमा घटीरहेका समसामयिक बिषय तथा जनता सँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरुको बारेमा बिभिन्न क्षेत्रसँग सम्बन्धित ब्यक्तीहरुलाई समाबेश गरी प्रतेक हप्ता अन्तरकृया कार्यक्रम सन्चालन गर्दै आइरहेको प्रेस्टिज मिडिया प्रा. ली .ले आज एक मह्त्वपूर्ण बिषय
‘हालै सम्पन्न निर्वाचनमा आएको जनमतको सन्देश र अब बन्ने सरकारको भूमिका ‘ भन्ने बिषयमा अन्तरकृया कार्यक्रम प्रेस्टिज मिडियाको सभाहलमा गरेको छ । कार्यक्रम प्रेस्टिज मिडिया प्रा. ली कानिर्देशक अग्नी प्रसाद भट्टराइको अध्यक्षता ,प्रयटन ब्यबसायी तथा समाजसेवी हिक्मत पाण्डेको प्रमुख आतिथ्य,त्यसैगरी हलेसी प्रतिस्ठानका अध्यक्ष सुबिन्द्र गिरी ,समाजसेवी जित बहादुर गुरुङ ,शरद कुमार दाहालको बिशेष आतिथ्य रहेको उक्त कार्यक्रममा अतिथी प्रयटन ब्यबसायि सोनाम शेर्पा,बौध गुरु आचार्य दावा लामा ,त्यसै गरी बौध गुरु आचार्य
टसी तामाङ ,होटल मजदुर युनियन सदस्य भुवन राउत ,बिध्यार्थी कबिन्द्र रोकाय ,कुमारी तामाङ ,अनिता राइ ,गुनराज राइ ,सञ्जय गिरी लगायतका बक्ता हरुले आफ्नो मह्त्वपुर्ण धारणा ब्यक्त गर्नु भएको थियो । सम्पूर्णको जोड जनमत पाएका पार्टीले जनमतको कदर गर्दै
जनमुखी र देशको बिकासको लागि कुनै कसुर बाँकी नराख्न अनुरोध गर्दै धारणा ब्यक्त गरेका छ । उक्त कार्यक्रममा प्रेस्टिज मिडियाकी कर्मचारी अनिता खनालले स्वागत मन्त्ब्य र डोल्मा शेर्पाले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।







