आजको पत्रपत्रीकाबाट Sunday, 5 Nov, 2017
Prestige Media

फिल्म हलमा फाटेको जुत्ता

निर्देशक : निकेश खड्का

संगीत : प्रवेश मलिक, शंकर थापा

कलाकार : सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्की, वर्षा राउत, कामेश्वर चौरसिया, रवीन्द्र झा, अनोज पाण्डे आदि ।

शीर्षक सुन्दा अनौठो लाग्ने चलचित्र ‘फाटेको जुत्ता’लाई क्राइम कमेडी चलचित्र भनिएको छ । नेपाल भारत सीमाक्षेत्रमा बसोबास गर्ने मानिसहरूकाबीच हुने अपहरण र फिरौतीजस्ता अपराधमा हास्य रस घोलेर निर्देशक निकेश खड्काले त्यसलाई चलचित्रको रूप दिएका छन् ।

आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘फाटेको जुत्ता’मा नाम कहलिएका कलाकारहरूको भीड छ । सौगात मल्ल चलचित्रका मुख्य कलाकार हुन् । उनी गाउँमा आफूलाई डनका रूपमा चित्रण गरिरहेका हुन्छन् । सौगात काठमाडौंबाट आएकी एक युवतीसँग प्रेम गर्छन् । उनको लक्ष्य अपराध जगतको डन बन्नु हो, जसका लागि उनका साथीहरूले मद्दत पुर्‍याइरहेका हुन्छन् । अपहरण र फिरौतीको बाटो रोज्दा सिर्जना हुने समस्याहरूलाई निर्देशक खड्काले रमाइलो ढंगबाट पर्दामा उतारेका छन् ।

चलचित्र ‘फाटेको जुत्ता’का निर्माता अर्जुनकुमार हुन् । गायक तथा संगीतकार अर्जुनकुमार चपली हाइट, द युगदेखि युगसम्म, धर्मा, फिटकिरी तथा चपली हाइट टुपछि स्थापित निर्माताका रूपमा चिनिएका छन् । अर्जुनले पहिलो पटक हास्य चलचित्र निर्माण गरेका हुन् । चलचित्र ‘फाटेको जुत्ता’को ‘आइ एम भेरी सरी’ गीतले पनि चर्चा पाइरहेको सन्दर्भमा यो चलचित्रलाई दर्शकले मनपराउने आशा गर्न सकिन्छ ।

source ; saptahik..

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL