राजनीति / देश Friday, 3 Nov, 2017
Prestige Media

हाई प्रोफाइललाई बागीको चिन्ता

काठमाडौँ । नयाँ संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा तथा प्रदेश संरचनामा हुन लागेको पहिलो प्रदेशसभा चुनावमा शीर्ष नेताबीचको भिडन्त समेत भइरहेको छ, शीर्ष नेतालाई बागीको चुनौती समेत छ। यस चुनावमा देखिएका पाँच रोचक पक्षलाई आजको गोरखापत्रमा खबर छापिएको छ।

‘हाई प्रोफाइललाई बागीको चिन्ता’

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलविरुद्ध पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गरेका छन्। तनहुँ १ बाट टिकटको दाबी गरेका जोशीलाई संसदीय बोर्डले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गरेका हुन्। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध पनि महोत्तरी ३ मा बागी उम्मेदवारी दर्ता भएको छ। दोस्रो संविधानसभामा काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिई विजयी चन्द्रेश्वर झाले ठाकुरविरुद्ध उम्मेदवारी दर्ता गरेका हुन्। स्थानीय चुनावअघि झा राजपा नेपालमा प्रवेश गरेका थिए।

फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध पनि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका थिए। राजपाकै सहयोगमा सप्तरी २ मा यादव उम्मेदवार बनेका हुन्। सङ्घीय समाजवादी फोरमले टिकट नदिएपछि बबन सिंह रौतहट १ मा बागी उम्मेदवार बनेका छन्। २०६४ को संविधानसभा सदस्य निर्वाचनमा पनि सिंहले स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए।

सिन्धुलीमा गणेश पहाडीविरुद्ध एमालेकै कुमारबहादुर कार्की र माओवादीका हरिबोल गजुरेलविरुद्ध माओवादी केन्द्रकै रामकुमार पौडेलले उम्मेदवारी दिएका छन्।

एमालेको ओतमा हृदयेश

एमालेको चुनाव चिह्नमा चुनाव लड्नेगरी सहकार्य गरेका राजपा नेता हृदयेश त्रिपाठी नवलपरासी १ मा उम्मेदवार बनेका छन्। वाम राजनीति हुँदै मधेसी राजनीतिमा सक्रिय त्रिपाठी एमालेको चुनाव चिह्नमा चुनाव लड्न लागेका हुन्। तत्कालीन तमलोपाका संसदीय दलका नेता वृजेश गुप्ता पनि एमालेकै चुनाव चिह्नमा उम्मेदवार बनेका छन्। गुप्ता कपिलवस्तु २ बाट उम्मेदवार बनेका हुन्।

विजुक्छेको ब्रेक

२०४८ सालदेखि भक्तपुरमा नियमित रूपमा चुनाव लड्दै आएका नारायणमान विजुक्छेको प्रत्यक्ष चुनावी यात्रामा यस पटक ब्रेक लागेको छ। ५ पटकसम्म भक्तपुरमा जनप्रतिनिधि बनेका बिजुक्छेले यस पटक प्रत्यक्ष चुनावमा मनोनयन नगरेका हुन्। भक्तपुर १ बाट बिजुक्छेको स्थानमा निवर्तमान सांसद प्रेम सुवालले मनोनयन गरेका छन्।

दुई दशकपछि सक्रिय राजनीति

दुई दशकपछि सक्रिय राजनीतिमा ‘कमब्याक’ गर्दै पूर्वसभामुख दमननाथ ढुङ्गाना भक्तपुर २ बाट उम्मेदवार बनेका छन्। काठमाडौँका स्थायी ढुङ्गाना २०४८ को निर्वाचनपछिका सभामुख थिए। कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा आएका वरिष्ठ अधिवक्ता ढुङ्गानासँग एमालेका युवा नेता महेश बस्नेत प्रतिस्पर्धामा छन्। पूर्वउद्योगमन्त्री रहेका बस्नेत यसअघि भक्तपुर २ बाटै पराजित भएका थिए।

उदय भर्सेस नवराज

नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवाल वाम गठबन्धनका तर्फबाट ललितपुर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका बनेका छन्। सरकारले प्रहरी महानिरीक्षक नबनाएपछि मुद्दा मामिलाका कारण सिलवाल चर्चामा आएका थिए। आइजीपीका प्रत्याशी सिलवालले एआईजी बढुवामा समेत पर्न नसकेपछि प्रहरी सेवाबाट राजीनामा दिएका थिए। सिलवालसँगको प्रतिस्पर्धामा लोकतानित्रक गठबन्धनबाट उदयशमशेर राणा छन्।

copy by news 24

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL