विश्व Sunday, 3 Apr, 2016
Prestige Media

विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्काे क्षेप्यास्त्र परीक्षण गर्यो

दक्षिण कोरियामा उच्च सुरक्षा सतर्कता

Kshepyastra

दक्षिण कोरियाले शुक्रबार सो जानकारी दिएको हो । गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्काे परीक्षण गरेको समाचार शुक्रबार प्राप्त भएको हो ।

उत्तर कोरियाको यो आणविक विवादको समाधान खोज्नका लागि भन्दै विश्वका नेताहरु संयुक्त राज्य अमेरिकामा उपस्थित भइरहेका बेला शुक्रबार फेरि उक्त देशले अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो ।

दक्षिण कोरियाली सरकारले दिएको जानकारीअनुसार उत्तर कोरियाले उसको पूर्वी क्षेत्रतर्फ सो क्षेप्यास्त्र हानेको हो ।

उक्त क्षेप्यास्त्र समुद्रमा खसेको जनाइएको छ । उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा लामो दुरीको रकेट प्रक्षेपणपछि निरन्तरता दिदै आएको भनिएको आणविक परीक्षणको यो अन्तिम शृंखला हो । शुक्रबारको यस परीक्षणका बारेमा भने उत्तरले केही प्रतिक्रिया दिएको छैन ।

दक्षिण कोरियाको पूर्वी नगर सान्दोकबाट शुक्रबार अपरान्ह १२.४५ बजे उत्तर कोरियाले सो परीक्षण गरेको दक्षिणको रक्षा मन्त्रालयले जानकारी दिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबारमात्र सार्वजनिक गर्नुभएको धारणामा संयुक्त राष्ट्रसंघको सुरक्षासम्बन्धी मापदण्डको प्रयोगगरी उत्तरलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताउनुभएको थियो ।

उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले लगाएको नाकाबन्दी विरुद्ध फेरि अर्काे परीक्षणको तयारी गरिरहेको सूचना प्राप्त भएको समाचारमा जनाइएको थियो । उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उसले अर्काे व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले शुक्रबार नै यस्तो क्षेप्यास्त्र परीक्षण गरेकोमा विश्वको चासो फेरि बढेको छ ।

केही हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो । उत्तर कोरियाले पछिल्लो समयमा दिएको धम्की केवल उसको उत्तेजनात्मक प्रचारमात्र हो भन्दै यसबाट आफ्नो देशलाई अरु केही हानी गर्न नसक्ने दक्षिण कोरियाले बताउदै आएको छ ।

पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्काेगरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा निकै ठूलो तिक्तता छाएको बताइन्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आह्वान र आयोजना गर्नुभएको आणविक सम्मेलन बिहीबारदेखि संयुक्त राज्य अमेरिकामा सुरु भएको छ । उता उक्त सम्मेलन जारी रहेका बेला यता भने उत्तरले अर्काे क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उक्त सम्मेलन निशस्त्रीकरण र यसका उपायहरुको खोजीमा केन्द्रित हुने भनिएको भएपनि यसको केन्द्रबिन्दु भने उत्तर कोरिया र उसले हालैका दिनमा जारी राखेको आणविक शस्त्रको होडबाजीलाई नै बनाइने बताइन्छ । तर यस सम्मेलनलाई दक्षिण कोरियाले भने बहुलट्ठीपूर्ण काम भनेको छ । उत्तर कोरियाले हतियारसम्मको आफ्नो पहुँचलाई वैधानिक नै भन्दै आएको छ ।

दक्षिण कोरियामा उच्च सुरक्षा सतर्कता

उत्तर कोरियाले अर्काे आणविक परीक्षण गर्ने सङ्केत प्राप्त भएको भन्दै आफ्ना सेनालाई दक्षिण कोरियाले उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिएको बताइएको थियो । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन गतहप्ता देखि नै निर्देशन दिनुभएको समाचारमा जनाइएको थियो छ । दक्षिण कोरियाले हालैका दिनमा उत्तरको खतरालाई विश्वव्यापी रुपमा नै उठाउदै आएको छ ।

साथै दक्षिण कोरियाका राष्ट्रपति हाइले देशव्यापी रुपमा सेनालाई आफ्ना प्रतिरक्षात्मक क्रियाकलापहरुलाई पनि अघि बढाउन निर्देशन दिनुभएको बताइएको छ । पछिल्लो पटक शुक्रबार गरेको यस परीक्षणबाट दक्षिण कोरिया थप रुष्ट बनेको छ ।

कुनै पनि बेला उत्तरले शक्तिशाली परीक्षण गर्नसक्ने भन्दै दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा जारी यस पछिल्लो तनावको व्यवस्थापनका साथै उत्तर कोरियाले कानुनबिहीन रुपमा र कसैको आग्रहको पनि बेवास्ता गर्दै आणविक परीक्षण गर्दै आएको विषयप्रति विश्वको ध्यान उचित रुपमा पुग्नुपर्ने धारणा राख्दै आएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL