देश भित्र
Sunday, 17 Aug, 2025
राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ ।
आइतबार बिहान दुईदिने नेपाल भ्रमणमा आउनुभएका विदेश सचिव मिस्रीले राष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेट गर्नुभएको हो ।
सो भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताउनुभयो ।







