टोखा नगरबासी “दुर्गाको” पक्षमा तर माहोल फरक….
देश भर निर्वाचनको गर्मी ताती रहेको छ सबै पार्टीमा आ-आफना उमेद्वार छनौट गर्ने क्रममा काठमान्डौको टोखा नगरपालिकामा पनि चुनावको फरक माहोल देखिएको छ करिब दुई दशक पछी हुन लागिरहेको स्थानिय निर्वाचनको लागि धेरै बर्ष देखी टोखा नगर क्षेत्रमा समाज सेवा गर्दै आइरहेकी सक्रीय महिला, समाज र नेपाली कङ्रेस पार्टीका लागि आफनो सम्पूर्ण जीवन समर्पण गरेकी दुर्गा पौडेलको पक्षमा मेयर पदको लागि जनलहर हुँदाहुँदै पनि उनलाई पाखा लगाएर पार्टिले अरुनै उमेदवार छनौट गर्ने हो कि भन्ने चिन्ता टोखा बासीलाई पर्नलागेको छ । बर्शौ देखी बिभिन्न सामाजिक कार्यमा सक्रीय महिला दुर्गा पौडेल जो त्यस क्षेत्रकै अत्यन्तै लोकप्रिय महिला हुन तर अझै पनि नारी माथिको हेर्ने सोच परिवर्तन हुन सकिरहेको छैन
त्यस कारण टोखा नगरवासीले अत्यन्तै रुचाइएकी उमेदवार दुर्गा पौडेल पाखा लाग्छिनकी भन्ने चिन्ताले अहिले टोखा बासिलाई सताउन लागेको छ ।









