विश्व Saturday, 26 Mar, 2016
Prestige Media

यी विश्व–प्रसिद्ध व्यक्तित्वहरु, जसले खान छाडे ‘माछामासु’

hitler

हिटलर

hitler

हिंसाको प्रतीक बन्न पुगेका हिटलरको भोजनमा मासु तथा मासुजन्य पदार्थ वर्जित थियो । सम्यक भोजनको पक्षमा थिए, हिटलर । मासुबाहेक उनी तामसिक मानिने कुनै पनि खाद्य खाँदैनथे । जीवनमा उनले एकपटक मात्र चुरोट र रक्सी सेवन गरे, बाल्यकालमा स्कुलबाट निकालिएको खुसियालीमा । त्यसपछि उनले नशालु पदार्थको सेवन कहिल्यै गरेनन् । शाकाहारी हिटलर जनावरलाई अत्यन्त माया गर्थे । शाकाहारी भोजनले बल, वुद्धि, आरोग्य र शान्ति बढ्छ भन्नेमा उनी विश्वास गर्थे । उनी चकलेटका ठूला पारखी थिए ।

अल्बर्ट आइन्सटाइनalbert

अल्बर्ट आइन्सटाइन अहिलेसम्मकै बुद्धिमान् व्यक्ति मानिन्छन् । ‘ई बराबर एमसी स्क्वायर’ फर्मुला प्रतिपादन गरेर भौतिकशास्त्रमा ठूलो क्रान्ति ल्याइदिएका उनी जीवनको उत्तराद्र्धतिर शाकाहारी भोजनतर्फ आकर्षित भएका थिए ।

मांसाहार गर्दाताका पनि आफ्नो मन शाकाहारी नै भएको महसुस आफूलाई भएको उनले एक समय बताएका थिए । एक मित्रलाई लेखेको चिठीमा उनले भनेका थिए, ‘मासु खाँदा जहिल्यै पनि मलाई पापबोध हुने गथ्र्यो । पापबोध गर्दै मासु खानु नमज्जा हुन्थ्यो । अन्त्यमा मासु खानै छोडिदिएँ ।’

शाकाहारी भोजनको पक्षमा आइन्सटाइनका भनाइलाई शाकाहारी भोजनको पक्षमा आवाज उठाउनेहरूले गुरुमन्त्र मान्ने गरेका छन् । ‘स्वास्थ्यलाई फाइदा पु¥याउने अथवा सृष्टिको निरन्तरताको सम्भावनालाई अधिक तुल्याउने महत्वपूर्ण तरिका भनेको शाकाहारी भोजन हो’, एउटा सन्दर्भमा आइन्सटाइनले भनेका थिए । शाकाहारी भोजनमा प्रसन्नता र शान्ति निहीत हुने उनको भनाइ थियो ।

बिल क्लिन्टनbill

अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन सन् २०१० पछि शाकाहारी बनेका हुन् । उनले त्यसयता मासु मात्र नभई दुग्ध परिकार खान पनि ठ्याम्मै छोडिदिएका छन् । सन् २००४ मा शल्यक्रिया गरेपछि मासुले स्वास्थ्यलाई राम्रो गर्दैनरहेछ भन्ने उनलाई परेको थियो । अहिले उनी मांसाहार त्याग्न प्रेरित गर्ने अभियन्ता बनेका छन् । शाकाहारी भोजनले मानिसलाई दीर्घजीवी बनाउँछ भन्ने उनको मान्यता छ । ‘म हजुरबुबा भइन्जेलसम्म बाँच्न चाहन्छु । नातिनातिनाको औँला समाएर घुम्ने मेरो इच्छा छ । शाकाहारी भोजनले मेरो यस्तो इच्छा पूरा गर्ने देखेपछि मैले मांसाहार त्यागेको हुँ,’ उनी भन्छन् ।

अहिले उनी तरकारी, फलफूल, गेडागुडी सकेसम्म बढी मात्रामा खाने गर्छन् । चिज, दूधलगायत दुग्ध परिकार र माछा खान उनले छोडिदिएका छन् । विशुद्ध शाकाहारी भोजन गरेयता स्वास्थ्यमा राम्रो सुधार आएको उनी बताउँछन् । ‘रक्तपरीक्षण गर्दा सबै ठिकठाक देखिएको छ । मांसाहार गर्दाभन्दा अहिले मैले आफूलाई बलियो महसुस गरेको छु,’ उनी भन्छन् ।

माइक टाइसनmaical

शाकाहारी भोजन गर्ने खेलाडीको कुरा गर्दा सबैभन्दा पहिले आउने नाम हो, माइक टाइसन । अमेरिकाका रिटायर्ड बक्सर उनी संसारकै बलिया मानिसमा गनिन्छन् । बक्सिङमा उनले पटकपटक विश्व कीर्तिमान कायम गरेका छन् । सन् २०१० यता उनी शाकाहारी बनेका हुन् । ४८ वर्षीय उनी शाकाहारी भोजनले आफ्नो जीवन पूरै बदलिदिएको बताउँछन् । एक समय आफू लागू औषधको अम्मली भएको र लागू औषध छोड्नुपर्छ भन्ने महसुस भएपछि आफू शाकाहारी बनेको उनी बताउँछन् । अहिले म फिट एन्ड फाइन छु । स्वास्थ्य एकदम राम्रो छ । मेरो जीवन पूरै बदलिएको छ । म लागू औषध सेवन गर्दिनँ । पहिलेजस्तो सडकमा विनाकाम हल्लिदिनँ । क्लब जाँदिनँ र माछामासु खादिनँ,’ उनी भन्छन् ।

अमिताभ बच्चनavitap bachha

बलिउड अभिनेता अमिताभ बच्चन शाकाहारी हुन् । कुनै समय आफूले मांसाहार गर्ने गरे पनि पछि शाकाहारी बनेको उनी बताउँछन् । ‘धर्म अथवा स्वास्थ्यका लागि मैले मांसाहार त्यागेको होइनँ, मासु खान त्यसै मन लागेन र छोडिदिएँ, उनी भन्छन् । शाकाहारी खाना उनलाई असाध्यै मिठो लाग्छ ।

पशुअधिकारका पक्षमा अभियान सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था पेटाले सन् २०१३ मा अमिताभ र अभिनेत्री विद्या बालनलाई बलिउडका कामुक शाकाहारी कलाकारको उपाधि दिएको थियो । पेटाले गरेको सर्वेक्षणका आधारमा अभिताभलाई बलिउडको मात्र नभई एसियाकै कामुक शाकाहारी पुरुषको उपाधि दिइएको थियो । अमिताभ र विद्याबाहेक बलिउडका हेमा मालिनी, करिना कपुर, जोन अब्राहम, महिमा चौधरी, मल्लिका सेरावत आदि कलाकार पनि शाकाहारी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL