Breaking News Saturday, 11 Jul, 2026
Prestige Media

कीर्तिपुरको होल्डिङ सेन्टरमा मध्यरातमा पस्यो बाढी

कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेको छ।

गएराति कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटस्थित बागमती नदीको वहाब बढेपछि सुकुम्बासी राखेको होल्डिङ सेन्टरमा बाढी पसेको हो।

मध्यराति १ बजे बाढी पसेपछि सुरक्षाकर्मी परिचालन गरी ६३ जना सुकुम्बासीलाई त्यहाँबाट उद्धार गरी त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सारिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

‘बाढी पसेपछि गएराति नै त्यहाँ बसेकाहरूलाई सुरक्षित स्थानमा सारेका छौं,’ उनले भने।

उद्धारका लागि सुरक्षाकर्मीले रबरबोट प्रयोग गरेको थियो। 

होल्डिङ सेन्टरमा घुँडासम्म आउनेगरी बाढी छिरेपछि त्यहाँ सुकुम्बासीले प्रयोग गर्दै आएका लत्ताकपडा भिजेका छन्।  

होल्डिङ सेन्टरमा बाढी पसेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६० जनाको संयुक्त टोली खटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भने १५४ जना मध्ये ५४ जनालाई उद्धार गरिएको जनाएको छ।

बाँकी ६ जना होस्टलमा बसेको र ९४ जना जान नमानेको पनि प्राधिकरणले फेसबुकमा सूचना जारी गरी जानकारी दिएको छ।

शनिबार बिहान उनीहरूलाई खाना, पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापन कार्य भइरहेको पनि प्राधिकरणले जनाएको छ।

सरकारले बाढीबाट जोगाउन भनेर खोला नदी किनारका सुकुम्बासी वस्ती डोजर चलाएर हटाएको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

गणेश नेपालीको परिवारलाई काठमाडौं महानगरले मानवीय सहयोग, रोजगारी र नि:शुल्क शिक्षा दिने

पोखराको जग्गा विवाद : चलखेलले महल बने, सार्वजनिक देखिएपछि खाली गराइँदै

गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

सातै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

आँसु झार्दै विश्वकपबाट बाहिरिएका रोनाल्डो

चार दिन बित्यो, कर्णालीमा खसेको गाडीको छैन अत्तोपत्तो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL