Breaking News Wednesday, 24 Jun, 2026
Prestige Media

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको सशस्त्र प्रहरीले उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१५ रामबजार निवासी १९ वर्षीय अमर थापा रहेका छन्। उनी पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

थापा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण मुख्यालय कालिका, कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोली सोमबार बेलुकी ८ बजे उद्धारका लागि घटनास्थलतर्फ खटिएको थियो।

सशस्त्र प्रहरीको टोलीले खोजी कार्यका क्रममा राति ९:१० बजे फेवातालको करिब २५ फिट गहिराइबाट थापालाई अचेत अवस्थामा फेला पारी पानीबाट बाहिर निकालेको थियो। उद्धारलगत्तै उनलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुर्‍याइएको थियो।

तर उपचारका क्रममा राति ९:४४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण मुख्यालय कालिका, कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) खेमनाथ शर्माले जानकारी दिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

निर्वाचन प्रक्रिया चलेपछि बालेनको शुभकामना– सबै सफल हुनुस्, देशलाई सफल बनाउनुस्

सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

संसद्‌मा दुर्लभ बालेन, बजेटमाथिको जवाफ पनि छले

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL