देश भित्र
Friday, 25 Jul, 2025
रुकुमपूर्वको सदरमुकाम रुकुमकोट
सरकारले रुकुम पूर्वी जिल्लाको सदरमुकाम रुकुमकोट रहने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको हिजो बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिनुभएको हो ।
बैठकले नेपाल स्काउट सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।
त्यसैगरी विद्युत ट्रान्समिशन तथा वितरण आयोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई प्राप्त हुने सय मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।







