देश भित्र Monday, 14 Jul, 2025
Prestige Media

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सवारीचालकका लागि सञ्चालित सचेतना कक्षा अबदेखि अनलाइनमार्फत हुने भएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, रातो बत्ती, लेन अनुशासन उल्लङ्घन तथा तीव्र गतिमा सवारी चलाउनेमाथि ट्राफिक प्रहरीले जरिबाना तथा भौतिक रूपमा कक्षा सञ्चालन गर्दै आएको थियो ।

ट्राफिक प्रहरीले जरिबाना अनलाइन भुक्तानी गरी सचेतना कक्षा पनि अनलाइनमार्फत लिने व्यवस्था सुरु भएपछि ट्राफिक कार्यालय पुगेर घन्टौँ लाम बसी सचेतना कक्षा लिनुपर्ने बाध्यता हटेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार विशेष समारोहबिच गृहमन्त्री रमेश लेखकले ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ को आरम्भ गर्नुभयो । सो अवसरमा उहाँले प्रहरी सङ्गठनलाई थप व्यवस्थित, समय अनुकूल तथा प्रविधिमैत्री बनाउनेक्रममा ‘अनलाइन सचेतना कक्षा’ महत्वपूर्ण कदम रहेको बताउनुभयो । प्रहरी सङ्गठनलाई प्रविधियुक्त बनाउन सरकार निरन्तर प्रयासरत रहेको उहाँको भनाइ थियो ।

सीमित स्रोत साधनको प्रयोगमार्फत प्रहरीले असीमित जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा प्रशंसा गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, “गृह मन्त्रालयमा यतिबेला सबैभन्दा बढी माग अस्थायी प्रहरी चौकी स्थापना, अस्थायीलाई स्थायी गर्ने र प्रहरी चौकी स्तरोन्नतिसम्बन्धी छन् । यस्तो कुनै स्थानविशेषमा मात्र नभई देशव्यापी छ । यसले नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको देखाउँछ ।”

उहाँले नेपाल प्रहरीको विधयेकमाथि छलफल भइरहेको र केही दिनपछि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा विधयेकमाथि पुनः छलफल सुरु हुनेसमेत जानकारी दिनुभयो । निजामती वा अन्य सरकारी सेवाभन्दा प्रहरीको कामको प्रकृति फरक र कठिन भएकाले पेन्सन अवधि पुनरवलोकन गरी १६ वर्ष कायम गर्न लागिएको बताउनुभयो । प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरीले नागरिकको सेवा र सुरक्षालाई थप प्रभावकारी बनाउन डिजिटल प्रणाली विकास तथा प्रविधि उपयोग अपरिहार्य रहेको बताउनुभयो । 

प्रहरी प्रधान कार्यालय र ज्ञान बजार प्रालि नामक संस्थाले संयुक्त रूपमा सञ्चालनमा ल्याएको सो अनलाइन सचेतना कक्षा लागुपदार्थ सेवन गरी सवारी चलाउने तथा गम्भीर प्रकृतिका सवारी नियम उल्लङ्घनका हकमा भने लागु नहुने स्पष्ट पारिएको छ । प्रधान कार्यालय कार्यविभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह र ज्ञान बजारका कार्यकारी निर्देशक ऋतिकबाबु श्रेष्ठले उक्त अनलाइन सचेतना कक्षालाई समय अनुकूल परिष्कृत गर्दै लगिने बताउनुभयो । 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

संवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुल्यो, प्रधानन्यायाधीश सिफारिस कहिले ?

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL