Uncategorized
Thursday, 26 Jun, 2025
नदीहरुमा बाढी आउन सक्ने ,सचेत रहन स्थानीय प्रशासनको आग्रह
काठमाडौँ- भोटेकोशी, त्रिशुली, लाङ्टाङ र चिलिमे खोला आसपासका वासिन्दालाई रसुवाको स्थानीय प्रशासनले बाढी आउन सक्ने भन्दै सचेत गराएको छ ।
नेपालमा सक्रिय भएको मौसम र छिमेकी चीनको तिब्वतमा पनि भिषण पानी परिरहेकाले नेपालका नदीहरुमा पनि बाढी आउन सक्ने भन्दै स्थानीय प्रशासनले सचेत गराएको हो ।
तिब्बतमा ठूलो पानी पर्दा त्यसको असर नेपालका भोटेकोशी, त्रिशुली तथा चिलिमे लगाएका खोलामा पनि पर्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय रसुवाले आग्रह गरेको हो ।
खासगरी, नदी किनारमा रहेका बस्ती र निर्माणाधिन आयोजनाहरुलाई बाढी पहिरो जस्ता विपदबाट जोगिन पूर्व सावधानी अपनाउन आग्रह गरिएको छ ।







