Uncategorized
Wednesday, 25 Jun, 2025
टि-२०आई वरियतामा सन्दीप र ललितको सुधार
काठमाडौं । आइसीसी टी–२०आई वरियतामा बलिङतर्फ नेपाली क्रिकेटर सन्दीप लामिछानेले एकैपटक ४१ स्थान सुधार गरेका छन् । यसअघि शीर्ष एक सयमा नअटाएका सन्दीप स्कटल्याण्ड सिरिजपछि ४१ स्थान सुधार गर्दै ७५ स्थानमा आइपुगेका हुन् ।
बलिङतर्फ नै ललित राजवंशी पनि २९ स्थान सुधार गर्दै ५४ औं स्थानमा उक्लिएका छन् । दीपेन्द्रसिंह ऐरी ८०औं स्थानमा छन् ।
टी–२०आईको ब्याटिङतर्फ १० स्थान सुधार गर्दै कुशल भुर्तेल ८३औं स्थानमा रहँदा कप्तान रोहित पौडेल ६६, दीपेन्द्रसिंह ऐरी ६१ र आसिफ शेष ७७ स्थानमा छन् । टी–२०आईको अलराउण्डर वरियतामा दीपेन्द्र तेस्रो स्थानमा कायमै छन् । कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२, गुल्सन झा ६०, रोहित ६६, कुशल मल्ल ६७ र करण केसी ८१औं स्थानमा छन् । वरियतामा नेपाल १८औं स्थानमा यथावत् छ ।







