Exclusive News Wednesday, 8 May, 2024
Prestige Media

मातातीर्थमा सम्झिइँदै दिवंगत आमाहरू

काठमाडौं– आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशीर्वाद लिएर देशैभरि मातातीर्थ औंसी मनाइँदै छ। बिहानै उठेर नुहाइधुवाइ गरी जगत् जननी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाएर आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन्। दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न काठमाडौंको चन्द्रगिरिमा रहेको मातातीर्थमा मेला लाग्ने गर्छ। बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्नेहरुको भीड लागेको छ। मेलामा सहभागी भई कुण्डमा दर्शन गरे आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ।
प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिन दिवंगत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ।
कुण्ड परिसरमा दिवंगत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ। कुण्डमा आज माताको श्राद्ध तथा उनको सम्झनामा तर्पण एवं दान गरे पुण्य हुने विश्वास छ। यसो गरे मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ। धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ। आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ। पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुसी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ।
आज विशेष रूपमा आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने परम्परा छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं बिहान ८:३०देखि कर्फु

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL